राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले गर्‍यो डा.भट्टलाई स्वागत तथा सम्मान

अत्तरिया, २६ बैशाख- कैलालीको अत्तरियामा स्वागत तथा सम्मान कार्यक्रम २०८० सम्पन्न भएको छ । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा मंगलबार प्रतिभा सामुदायिक पुस्तकालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Ganyapdhura gau

Navadurga sun

उक्त स्वागत तथा सम्मान कार्यक्रममा नेपालका बरिष्ठ भाषा, संस्कृति अध्येता, साहित्यकार, लघुकथाकार एवम् बाड्मय प्रतिष्ठान कैलालीका अध्यक्ष डा.पुष्करराज भट्ट नेपाल सरकार राष्ट्रिय भाषा आयोगको सदस्य पदमा नियुक्त हुनभएको अवसरमा प्रतिष्ठान नेपालले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेको हाे ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पालले भाषा आयोगको सदस्य जस्तो पदमा नियुक्त हुनु भएको बधाई व्यक्त गरेका थिए ।

Dadhaldhura pur

कार्यक्रममा बोल्दै लोकराज पाण्डेय ‘आगो’ ले धेरै मान्छेहरुको भिडमा १ जनालाई सम्मान गर्नुपर्ने बताए । नेपालको सन्दर्भमा नेपाली भाषालाई बिश्वबिद्यालय सम्म पुर्‍याउन तपाईको अहम् भुमिका रहने बताए । संस्कृती हराएको छ । त्यस संग जोडिएको संकार हराएको छ । त्यसैले त्यस संग जोडिएको संस्कृति बिषयको शिक्षा १ कक्षादेखि लागु हुनुपर्ने बतए ।

उक्त कार्यक्रममा बोल्दै बिनोदकुमार भट्टराईले भाषा सबै थोक हो भाषा बिना संचार चल्दैन त्यसैले यस क्षेत्रमा फैलिएको भाषालाई सुत्रगत रूपमा लग्नुपर्ने बताए ।

उक्त सम्मानित कार्यक्रममा आफ्ना बिचार राख्दै डा.पुष्करराज भट्टले सुदूरपश्चिम भाषिक सांस्कृतिमा राज्यले आफ्नो तर्पmबाट यहाँ उपस्थिति खासै देखाउन सकेको अवस्था नरहेको बताए । उनले भने, ‘हामिले जुन किसिमले कार्यक्रम लक्षित गरेका छौं त्यसलाई सफलतापर्वक लागु गर्न सक्ने समाथ्र्य यहाँको जनशक्तिमा छ की छैन खोज्नुपर्ने हुन्छ ।’ साथै उनलाई ६ बर्ष कार्यकालका लागि नियुक्त गरिएको छ ।

उक्त सम्मान कार्यक्रमको सन्चालन लोक साँस्कृतिक प्रतिष्ठान नेपालका लिलाधर बास्कोटाले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...