बाढीपहिरो विस्थापितका लागि घर निर्माणको काम अलपत्र

बाजुरा- बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनभन्दा स्थानीयले आफ्नै मनोमानीमा घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरेर घर निर्माणको काम सुरु गरिएको थियो । अम्कोट १०६ घरपरिवारमध्येकै ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिलो किस्ता रकम पाएका ८५ जनामध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयले भने प्राविधिकले भने अनुसारकै घर निर्माण गरेको र दोस्रो किस्ता रकम नमिलेपछि निर्माणको काम अलपत्र परेको बताएका छन् ।

प्राविधिककै लापरबाहीले बाढीपहिरोबाट विस्थापित भएकाहरूको घर निर्माणको काम अलपत्र परेको बुढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय अर्जुन पाध्यायले बताए । उनले भने, ‘कतिपयले प्राविधिककै डिजाइन स्टिमेटमा घर निर्माण गरेका छन् ।’

त्योबाहेक एक÷दुई जनाले सो डिजाइन नभएर घरको एक तला थपेपछि दोस्रो किस्ता रकम रोकिदिएको बताए । प्राविधिकले भने अनुसारकै घर निर्माण गरेका छौँ  । घर निर्माण भएको एक वर्ष हुँदा पनि दोस्रो किस्ता रकम नमिलेको बुढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले बताए ।

गाउँमा ऋण खर्च गरेर घर त बनायौँ तर अहिलेसम्म रकम नपाउँदा घरै बेचेर साहुको पैसा तिर्नुपर्ने बाध्यता भएको नेपालीले बताए । बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयको घर निर्माणकै लागि एक प्राविधिक नियुक्त गरी दैनिक काममा पठाएको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख शङ्कर नाथले बताए ।

 

Loading...