सुदूरपश्चिम सरकारमा माओवादीको तीन मन्त्रालयमा दाबी

कैलाली- सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ । माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक पाउनु हो । तर, यी दुवै मन्त्रालयमा अहिले मन्त्री नियुक्त भइसकेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले सम्हालिरहेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही छन् ।

यी दुवै मन्त्रालयमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउनु भन्दा अघि नै मन्त्री नियुक्त गरेका हुन् । अहिले माओवादीले रोजेको मन्त्रालय कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले छोड्न मानेका छैनन् ।

यी दुई मन्त्रालय मध्ये एक मन्त्रालय नपाए माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक र सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मध्ये एकमा अडान लिन आग्रह गरेका थिए ।

उनीहरूले पहिलो रोजाइका दुई मन्त्रालय नपाउने अवस्थामा माओवादीले प्रदेशमा तीन मन्त्रालय पाउनु पर्ने समेत बताएका थिए ।
प्रचण्डले आज गठबन्धनका दलहरूको बैठक बस्ने र सबै भागबन्डा टुङ्गो लगाउने आश्वासन दिएका थिए ।

 

Loading...