दार्चुलामा रोखेको ट्याक्टर आफै गुड्दा भीरमा खस्यो

दार्चुला- दार्चुलामा सडकमा रोकिएको ट्याक्टर आफै गुड्दा भीरमा खसेको छ।जिल्लाको दुहुँ गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सु.प.प्र.०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसो भीरमा खसेको प्रहरीले बताएको छ।

Dadeldhura hospital

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका थिए।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सोही बेला ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको जनाएको छ। ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति नभएको जनाइएको छ।

 

Loading...