मानब बेचबिखन तथा ओसार पसार मुद्दामा १ जना पक्राउ

अत्तरिया, २३ जेठ- मानब बेचबिखन तथा ओसारपसार मुद्दामा १ जना होटल संचालक पक्राउ गरेका छन् । कैलालीको गोदावरी नगरपालीका वडा नं. २ अत्तरीया स्थित मिन प्वाईन्ट होटलका संचालक दानबहादुर साँउद पक्राउ परेका हुन् ।

Dadeldhura hospital

होटलमा काम लगाइ दिने वहानामा २ जना महिलाहरुलाई होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरीक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भनी उनिहरुले उजुरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ गरेका साँउदलाइ कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

Loading...