सुदूरपश्चिम प्रदेश सभामा आजदेखि प्रि-बजेट बारे छलफल

धनगढी, २३ जेठ- सुदूरपश्चिम प्रदेश सभामा आज (आइतबार) देखि प्रि बजेट बारे छलफल हुने भएको छ । जेठ २१ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं अधिवेसन अन्तरगत आजदेखि आउँदो आर्थिक वर्षको बजेट बारेमा प्रि बजेट छलफल हुने भएको हो ।

Dadeldhura hospital

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकताहरु संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताएका छन् । केही दिन प्रि बजेट छलफल चल्ने बताउँदै सभामुख थापाले संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था समेत रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।

Loading...