बैतडी- बैतडीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका-६ मोतीनगरमा १९ बर्षीय लक्ष्मण कुँवर मृत फेला परेका हुन् ।
सुर्नया गाउँपालिका-७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए । पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
