लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ





अत्तरिया, २३ जेठ- कैलालीको भजनी नगरपालिकाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा भजनी नगरपालिका वडा नं. ३ जोशीपुर सडक खण्डको जोडिपिपल भन्ने ठाउँबाट लागुऔषध ब्राउन सुगर सहित तिनीहरुलाई पक्राउ गरिएको हो ।


प्रहरीका अनुसार वन टेस्ट कालो रंगको पल्सर मोटरसाईकललाई रोकि चेकजाँच गर्दा मोटरसाईकलमा सवार जिल्ला कैलालीको वर्दगोरीया गाउँपालीका वडा नं. १ कट्टिपुरका २५ बर्षिय धिरेन्द्र बम र सोही ठाउँका मुडा गाउँ बस्ने २४ बर्षिय डबल भुललाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको ३० ग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको हो । प्रहरीले लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।



