बैतडीमा दुम्सीलाई थापेको पासोमा चितुवा पर्‍यो

बैतडी- बैतडीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका- ९ भौतीका स्थानीय अभिषेक धामीले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको वडाअध्यक्ष कृष्ण सिह धामीले जानकारी दिए ।

गएराती चितुवा पासोमा परेको बताइएको छ । प्रहरी र डिभिजन बन कार्यालय बैतडीलाई खबर गरीसकेको उनले बताए । डिभिजन वन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्वार टोली आइसकेपछि उद्वार कार्य हुने डिभिजन बन कार्यालय बैतडीका साहयक बन अधिकृत दिलिप यादवले बताए । ‘पासोमा परेको चितुवाको उद्वारका लागि निकुञ्जबाट टोली हिडीसकेको छ’ उहाँले भन्नुभयो ‘त्यसपछि मात्रै चितुवा उद्वार हुन्छ ।’

स्थानीयहरुलाई चितुवा फसेको ठाउँ नजिक नजान आग्रह गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ । अन्य जंगली जनावरका लागि थापेको पासोमा चितुवा पर्ने क्रम बढेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.