चितवनबाट काठमाडौं आएर रविले भने- सरकार नै हट्न बेर लाग्दैन

काठमाडौं- वैशाख १० को उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले न्यूनतम साझा कार्यक्रमबाट आफ्नो दलका कार्यक्रमहरू हटाएको बताएका छन् ।

आफ्नो दलको कार्यक्रम हटाइएपछि सरकारलाई दिएको समर्थनको औचित्यमाथि पनि प्रश्न गर्नुपर्ने अवस्था आएको उनले बताए । “न्यूनतम साझा कार्यक्रमबाट हाम्रा कार्यक्रमहरू हटेका छन् । यस्तो अवस्थामा सरकारलाई दिएको समर्थनको औचित्यमाथि पनि प्रश्न गर्ने बेला आएको छ,” उलने भनेका छन् ।

रविले न्यूनतम साझा कार्यक्रमबाट आफ्नो दलका कार्यक्रमहरू हटाउने सरकार आफैँ हट्नसक्ने धम्कीसमेत दिए । “सरकार नै पनि हट्न बेर लाग्दैन । भ्रष्टाचारको फाइल खोल्ने भन्ने हाम्रो बुँदा हटाइएको छ । हामी थप मजबुत भएर आएका छौँ, थप म्यान्डेड पाएर आएका छौँ । अब त्यही भ्रष्टाचारको फाइल खोल्छौँ भन्ने हाम्रो बुँदा नै बन्द गर्ने सरकार आफैँ हट्न बेर लाग्दैन,” रविले भनेका छन् ।

उनले सरकारमा जाने वा नजाने भन्नेबारे अहिल्यै निर्णय भइनसकेको बताए । यसबारे उनले पार्टीमा थप छलपल गर्ने बताए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.