मेयर कप क्रिकेट फागुन २२ गतेदेखि हुने (प्रेस बिज्ञप्ति सहित )

मेयर कप क्रिकेट प्रतियोगितामा सन्दीप पनि खेल्ने

काठमाडौं- पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति निकाल्दै मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको छ ।

घरेलु क्रिकेटमा एक महिनाको अन्तरमा दोस्रो पटक एकदिवसीय क्रिकेट हुन लागेको हो । यसअघि क्यानले प्रधानमन्त्री कप आयोजना गरेको थियो । आठ दिने प्रतियोगितामा सोही प्रधानमन्त्री कपको सेमीफाइनल पुगेको चार टिम र महानगरपालिको टिम गरी ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

प्रधानमन्त्री कपमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक प्रदेश टिम बागमती अन्तिमा चारमा पुगेका थिए । सहभागी प्रदेश १, प्रदेश २, गण्डकी, सुदुरपश्चिम, लुम्बिनी र कणर्ाली प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी महानगरको टिम बनाइनेछ ।

मेयर कप स्टार स्पिनर सन्दीप लामिछानेले पनि खेल्ने बताइएको छ । तर उनले कहाँबाट खेल्ने भने टुंगो लागेको छैन् । सिंगल राउण्ड रोविनमा हुने लिगको शीर्ष दुइ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Loading...