धनगढी- कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको एक होटलमा एक जना मृत फेला परेका छन् । अत्तरियाको पहाड रोड बसपार्क अगाडीको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० बर्षिय मोहनसिंह डराल मृत फेला परेका हुन् ।
उनी उक्त होटलमा बैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा बैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।
उनका आफन्तको रहोबरमा आज मात्रै उनको शव उठाएर पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
