यस्ता छन् एमाले अध्यक्ष ओलीले मन्त्री शाहलाई सोधेका ८ प्रश्नहरु

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण ८ वटा प्रश्न सोधेका छन्। उनी माधव पक्ष नेता भएकाले माओवादी केन्द्रलाई साथ दिएको भन्दै स्पष्टिकरण सोधिएको हो।

यस्ता छन् सोधिएका ८ वटा प्रश्नहरु :
१) सरकारबाट समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने पार्टीको निर्णय र निर्देशनको पालना के कति कारणले अवज्ञा गर्नुभएको हो ?

Navadurga sun
Godawari sandesh

२) पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहिरहनुभएको हो ?

३) सुदूरपश्चिम कमिटीले तपाईंलाई सोधेको स्पष्टीकरण पत्रअनुसार तपाईले पार्टी एकतालाई विखण्डित गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी असंवैधानिक गुटका भेलामा सहभागी हुने र अरुलाई पनि उत्प्रेरित गर्ने कार्य निरन्तर गरिआउनुको कारण के हो ?

Dadeldhura hospital

४) पार्टीको निर्देशन र हितलाई वेवास्ता गरी पार्टीविरुद्ध अपराधिक क्रियाकलाप के कति कारणले गर्नुभएको हो ?

५) पार्टीले दिएको टिकटमा उम्मेदवार भई विजय प्राप्त गरी शपथ लिएको व्यक्तिले पार्टी निर्देशन (ह्वीप) उल्लङ्घन के कति कारणले गर्नुभएको हो ?

६) पार्टीको हित विपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीप्रतिको निष्ठा विश्वास कायम नरहने गरी भ्रम फैलाइ स्वयं पार्टीको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको मर्यादा र प्रतिष्ठामाथि आँच आउनेगरी विभिन्न क्रियाकलाप सञ्चालन गरे/गराएको, अवाच्छित क्रियाकलापमा जिम्मेवार व्यक्तिलाई सम्मिलित गराएको /उक्साएको, पार्टीको एकता अक्षुष्णता र अग्रगामी कार्यदिशाको विरुद्धमा पार्टीले राष्ट्रहित र जनहितका लागि गरिरहेका, गर्नुपर्ने कार्यलाई विभाजनको दिशामा लान विभिन्न अनुचित क्रियाकलाप गरे÷गराएको देखिएकाले के कति कारणले निरन्तर गर्नु गराउनुभएको हो ?

७) पार्टीको बैठकमा लगातार किन अनुपस्थित हुनुभएको हो ?

८) पार्टी हित विपरीत गतिविधि कायम राखिरहनु भएकाले नेकपा एमालेको सम्पन्न बैठक बमोजिम तपाईंलाई नेपालको संविधान, विद्यमान अवस्थामा भएको पार्टी विधान, राजनैतिक दल सम्बन्धी ऐन २०७३, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको व्यवस्था बमोजिम पार्टीको साधारण सदस्यतालगायत पार्टीको तर्फबाट गरिएका पदहरु, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्न संघसंस्था वा संगठनका कुनै पद वा प्रतिनिधि रहेको भए सो समेत नरहनेगरी तपाई निष्कासन किन नगर्ने ?

Loading...