पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, ३८ जना घाइते

बुटवल- पाल्पामा आइतबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेर ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

बुटवलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट खसेको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटनामा अन्दाजी ४० वर्षकी रुपन्देहीको देवदह नगरपालिका-३, सूयपूरा निवासी राधिका पौडेलको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ।

Loading...