आयोगले मधेशका मुख्यमन्त्री यादवलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ ।

Dadeldhura hospital

आयोगले आइतबार बारा जिल्ला क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधेको हो ।

Navadurga sun
Godawari sandesh

आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ । ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ?,’ आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ?’

आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

 

Loading...