पाल्पाको जोरधारामा बस दुर्घटना

बुटवल- बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जानकारी दिए।

Navadurga sun

उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको इन्सपेक्टर गौतमले जानकारी दिए। तीमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए। बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए।

 

ADD Khali jpg
Loading...