प्रथम सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड २०७९ सम्पन्न

धनगढी– सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित प्रथम सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड २०७९ को फाईनल कार्यक्रम धनगढीको थ्रीडी आर्ट एण्ड म्युजियममा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली लोकसङ्गीत सँग आबद्ध अग्रज तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा सुप इन्टरटेनमेन्ट लाइफटाईम एचिभमेन्ट सम्मानबाट अन्तराम बिष्ट, सुप इन्टरटेनमेन्ट कला पत्रकारिता सम्मानबाट उत्तम थापा, सुप इन्टरटेनमेन्ट दशक सम्मानबाट वीरेन्द्र जोहारी, सुप इन्टरटेनमेन्ट दशक सम्मानबाट संगत थारू, सुप इन्टरटेनमेन्ट समाजसेवी सम्मानबाट अंशु बर्मा, सुप इन्टरटेनमेन्ट फोटोग्राफर सम्मानबाट हिमालय भट्ट, सुप इन्टरटेनमेन्ट कला सम्मानबाट किशोरकुमार भण्डारी, सुप इन्टरटेनमेन्ट कला सम्मानबाट शेरबहादुर बोहरा सम्मनित भएका थिए ।

कार्यक्रम श्रव्य, दृश्य सम्पादक तथा निर्देशक वीरेन्द्र भाट, जुरी निर्वायकमा वरिष्ठ लोक गायक नरेन्द्रराज रेग्मी, निर्देशक जनक सिंह, कलाकार बालकृष्ण चौधरी र गायक, सर्जक तथा निर्देशक होम गैरेसहितको ५ सदस्यीय निणर्ायक समिति रहेको थियो। समारोहमा विधागत अवार्डका साथै जुरी अवार्ड र पब्लिक च्वाईस अवार्ड लागायतका विधाबाट पनि केही कलाकारहरु सम्मानित भएका थिए ।

उक्त कार्यक्रममा महेशकुमार आउजी, सुर्य बिरही साउँद, तेज तिखतरी, टंक औजी, राज केशव भट्ट, करन साउँद, सौगात ओझा, केशवराज पन्त, अनु खड्का, जहित बुढा आदर्श महंतो लगायतका कलाकारले जुरी अवार्ड प्राप्त गरेका छन् । कार्यक्रममा ३९ विधाका सर्जक, कलाकार लगायतका व्यक्तिहरु वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित भएका थिए ।

Loading...