भारतमा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिए, २७१३ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ७ हजार ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Dadeldhura hospital

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय १३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा २ करोड ८५ लाख ७४ हजार ३ सय ५० जना कोरोना संक्रमित भएका छन् । ती मध्ये २ करोड ६५ लाख ९७ हजार भन्दा धेरै निको भैसकेका छन् । ३ लाख ४० हजार ७०२ जनाले भने ज्यान गुमाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अहिले भारतमा १६ लाख ३६ हजार सक्रिय संक्रमित छन् । भारतमा २२ करोड ४१ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना भाइरस विरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाई सकिएको छ ।

Loading...