राष्ट्रपति पौडेल उपचारका लागि नयाँ दिल्ली प्रस्थान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो।

राष्ट्रपतिलाई विमानस्थलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले बिदाइ गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो।

Navadurga sun

थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको हो। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...