धनगढी- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई विभिन्न उपकरणहरु सहयोग गरिएको छ । आइतबार धनगढी उपमहानगरपालिकाले प्रहरीलाई ट्राफिक उपकरणहरु सहयोग गरेको हो ।



समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सवारी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरुको उपलब्धताका लागि प्रहरीले उपमहानगरलाई धन्यवाद ब्यक्त गरेको छ ।


धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानाले सयूक्त रुपमा ट्राफिकलाई ब्रेथलाईजर २ थान, हुईल लक ५ थान, म्याजिक लाईट २ थान र ट्राफिक संकेत बोर्ड ६० थान प्रदान गरेको थियो ।





