धनगढी- धनगढीको दशरथ भीम उद्यान (पार्क) प्रवेशमा नगर सभाबाट पारित गरिएको दर विपरीत रकम असुली हुँदै आएको छ । धनगढी उपमहानगरपालिकाको नगर सभाले भीम उद्यान प्रवेशका लागि स्वदेशी नागरिकबाट १० रुपैयाँ, विदेशी नागरिकबाट ४० रुपैयाँ, फोटो खिच्ने क्यामराबाट २० रुपैयाँ, भिडियो क्यामराबाट ४ सय रुपैयाँ र फिल्मका लागि ५ सय रुपैयाँ प्रदेश शुल्कको दर बनाएको छ ।



तर पार्क प्रवेशमा स्वदेशी नागरिकबाट २५ रुपैयाँका दरले रकम असुली हुँदै आएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।महालेखाको प्रतिवेदनमा भीम उद्यानमा होली हंगामा कार्यक्रमको आयोजना गर्दै एक सय ५० रुपैयाँ समेत लिने गरिएको उल्लेख गरिएको छ ।


नगर सभाबाट पारित गरिको दर रेट भन्दा बढी रकम असुली गर्ने कम्पनीलाई कारबाही गर्न महालेखाले उपमहानगरपालिकालाई निर्देशन समेत दिएको छ ।





