दार्चुलामा घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु

दार्चुला– दार्चुलामा विषु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको विषु जात्रा हेर्न गएका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Dadeldhura hospital

प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवि ठगुन्ना र उनको साथमा रहेकी नातनी वर्ष २ कि सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

शुक्रबार राती विषु जात्राबाट घरफर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुबै जनाको शव शनिबार दिउसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिहले जानकारी दिनु भएको छ ।

अहिले घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट इन्सपेक्टरको टोली घटनास्थलमा गएको बताइएको छ । शवलाई लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Loading...