धनगढीमा अत्याधुनिक सेवासहितको मुस्कान डेन्टल होमको उद्घाटन

धनगढी, २ बैशाख– कैलालीको धनगढीमा अत्याधुनिक सेवासहितको दन्त अस्पताल समुदघाटन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मुख्य बजारस्थित दन्त सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा आएको मुस्कान डेन्टल होमको शनिबार समुद्घाटन गरिएको हो ।

Dadeldhura hospital

होमका शेयर सदस्यहरुका आमा जयन्ती शर्मा, सरस्वति देवि भट्ट र माया भट्टले रिवन काटेर समुद्घाटन गरे । प्रदेशमै नभएको एन-क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै होममा दाँत खोल्ने, दाँत लगाउने, सफा गर्ने, सास गन्हाउने समस्याको उपचार उपचार गरिने छ ।

Navadurga sun
Godawari sandesh

यस्तै कीरा लागेको दाँत भर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँत मिलाउने साथै दाँतको जरैदेखि आरसीटी उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत एक्सरे गर्ने लगायत दाँतसम्बन्धी समस्याको उपचार गरिने होमका सन्दीप शर्माले जानकारी दिए ।

पारिवारिक वातावरणीय सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको होममा ज्येष्ठ नागरिकहरुलाई विशेष छुटको व्यवस्था गरिएको शर्माले बताए । उनले भने -‘हामीले कर्मचारीका लागि सन्ध्याकालिन काउन्टरको पनि व्यवस्था गरेका छौं ।’ सो होममा दन्त सेवामा दश वर्षभन्दा अनुभवी डाक्टर रोशन भट्टसहित अन्य चिकित्सकहरुले सेवा प्रदान गरिरहेको उनले बताए ।

Loading...