Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरका न्याथन ‘द पोइट आइडल’को फाइनलमा प्रवेश

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर, २ बैशाख– कञ्चनपुरका कवि नाथन रायन ‘द पोइट आइडल’को फाइनलमा प्रवेश गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ निवासी न्याथन नेपाली साहित्य विधामा पहिलोपटक सुरु भएको कवितामा आधारित रियालिटी शोको अन्तिम चारमा पुगेका हुन् ।

उक्त प्रतियोगिताको फाइनलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन् । नाथन रायन कञ्चनपुरको शुक्लाफाँटा ४ असैनाका स्थानीय हुन् । स्नातकसम्मको पढाइ यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीणर् गरेका छन् । महेन्द्रनगरबाट उनी काठमाडौं गए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् ।

Malpot office dadeldhura

मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ । सन् २०१९-२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताएका छन् । यस्तै नयाँ वर्ष २०८० सालको अवसरमा न्याथनलाई कञ्चनपुरको झलारीमा स्वागत गरिएको छ । झलारी बजारस्थित प्रतीक्षालयमा न्याथन रायन जिताऊ अभियानका संयोजक जयबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा न्याथनलाई भव्य स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै कञ्चनपुरको झलारीमा वडा नं ११ का वडाध्यक्ष शेरबहादुर साउँदले सुदूरपश्चिमको भाषा, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूको स्मरण गर्दै न्याथनलाई सुदूरको शान बनाउने जिम्मा शुक्लाफाँटाबासीको भएको बताए ।

न्याथनले आइडलको मञ्चमा सुदूरपश्चिमको भाषामा वाचन गरेको कविताको स्मरण गर्दै उनले कविामार्फत पनि आफ्नो संस्कृतिको संरक्षण हुनसक्ने बताउँदै न्याथनलाई जिताउन अपिल गरे । झलारी आएका न्याथनले आफ्ना समर्थकहरूसामु विभिन्न शीर्षकका कविता सुनाएका थिए । आइडलको फाइनलका लागि गृहनगर आएका कवि न्याथनले आफूलाई सक्दो सहयोगका लागि भोट अपिलसमेत गरेका छन् ।स्वागत कार्यक्रममा झलारीपिपलाडी उद्योग वाणिज्य संघ, शुक्लाफाँटा युथ नेटवर्कका प्रतिनिधि लागतयको सहभागीता रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...