वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने

काठमाडौँ– सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ।

वैशाख १ र २ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो ।

Navadurga sun

श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।

श्रम मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख राजीव पोखरेलले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र ठगीरहित बनाउनका लागि श्रमिकलाई आवेदन भर्दादेखि नै सहयोगको आवश्यकता पर्ने भएकाले यो व्यवस्था गरिएको जानकारी दिए ।

जान्नेले त आफ्नै मोबाइलबाट भर्न सकिन्छ तर नजान्नेले आफ्नै पालिकामा रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजकको सहयोगमा निःशुल्क आवेदन भर्न सकिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए। सहसचिव पोखरेलले स्थानीय पालिकाको रोजगार सेवा केन्द्रबाट आवेदन दिने व्यवस्थाले श्रमिक र पालिका दुवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...