गुराँस एकेडेमीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया– गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गुराँस एकेडेमीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । विद्यालयका कार्यकारी निर्देशक डम्मरसिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रमको प्रदेश प्रमुख देवराज जोशीले समुदघाटन गरेका हुन् ।

Ganyapdhura gau

सो अवसरमा प्रदेश प्रमुख जोशीले शिक्षा आजको आवश्यकता अनिवार्य रहेको बताए । उनले २१ औं शताव्दीमा विद्या विना कुनैपनि मानिसलाई जिविकोपार्जन गर्न सहज नहुने बताए । उनले भने -‘२१ औं शताव्दीमा विद्या विना काम गर्न सहज छैन् । जिविकोपार्जन गर्न बदलिदो प्रविधिसंग विद्यार्थीहरु अघि बढ्न आवश्यक रहेको छ । यसका लागि शिक्षा आवश्यक छ ।’ उनले विद्यालयले गुणस्तरिय शिक्षासंगै व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताए ।

Navadurga sun

धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वडले विद्यालयको शिक्षा सुधारका लागि अभिभावकहरुको चाँसो हुन जरुरी रहेको बताए । उनले भने-‘विद्यालयको शिक्षामा गुणस्तर ल्याउन अभिभावक बढी जिम्मेवार हुनुपर्छ ।’ उनले गुराँसको शिक्षामा सुधार हुनुमा अभिभावकको चाँसोनै मुख्य कारण रहेको बताए ।

Dadhaldhura pur

कार्यक्रममा सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंह, एश्वर्य विद्या निकेतनका प्राध्यापक धर्मराज भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अभिभावक दिवसको अवसरमा एकेडेमीले पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंह, एश्वर्य विद्या निकेतनका प्राध्यापक धर्मराज भट्ट, सामाजिक अभियान्ता नरेश शाहीसहित विद्यालयका शिक्षक, शिक्षिका तथा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई खादा तथा सम्मानपत्र सहित सम्मान गरेको थियो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयले आफनो नयाँ भवनको समुदघाटन गरेको छ ।

प्रदेश प्रमुख जोशीसहित विद्यालयका कार्यकारी निर्देशक कठायतले संयूक्त रुपमा भवनको समुदघाटन गरेका हुन । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ-आफनो प्रतिभा, नृत्य तथा कलाहरु प्रस्तुत गरेका थिए । २०६८ साल देखि द नेशनल एकेडेमीको नामबाट सञ्चालित यो बिद्यालय २०७२ साल देखि गुराँस एकेडेमीको नामबाट संचालनमा आएको हो ।

१ सय ७२ जना बिद्यार्थीबाट शुरु भएको गुराँस एकेडेमीसंग करिब १ हजार ५ सय बिद्यार्थी अध्ययनरत छन् । अत्तरिया क्षेत्रमा राम्रो शैक्षिक संस्था अभावमा अन्यत्र बिद्यार्थी पठाउनुपर्ने बाध्यताको अन्त्य गर्न गुराँस एकेडेमीले समय सुहाउँदो शिक्षा दिइरहेको जनाईएको छ । एकेडेमीका सञ्चालक डम्बर कडायतले बिद्यालयको आफ्नै मौलिकता पहिचान सामाजिक उत्तरदायित्व, सुसंस्कृत ब्यबहार र समय सुहाउँदो बैज्ञानिक शिक्षाको कारण यो बिद्यालय आज यस क्षेत्रका अभिभावकहरुको पहिलो रोजाईमा परेको बताए ।

५ करोड भन्दा बढी लगानी गरिसकेको विद्यालयले सुविधामा आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार, प्रशस्त खेल मैदान र पठन पाठनमा आवश्यक पर्ने सम्पूणर् सामाग्रीहरु रहेका छन् । गुराँस एकेडेमी, समय परिवर्तन सँगसँगै नयाँ सोच, विचार, आवश्यकता र परिवेशलाई ध्यान दिदै आएको छ’ कडायतले भने ‘गुराँस एकेडेमी अहिले सवैको रोजाईमा पर्न सफल भएको यति मात्रै होइन यो क्षेत्रमै गुराँस एकेडेमी चम्किलो तारा बनेर उदाई रहेको छ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...