कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिँचाई नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया सिर्जना नाथ योगीको रानी-जमरा-कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमा मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार दिउँसो उनको मृत्यु भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...