कोरोना संक्रमितलाई समयमै अस्पताल पुर्याउने उद्देश्यले संचालनमा ल्याएको आकस्मिक अटो एम्बुलेन्स सेवा बन्द

अत्तरिया, २० जेठ- कैलालीको अत्तरियामा सुरु गरिएको आकस्मिक अटो एम्बुलेन्स सेवा बन्द भएको छ । कोरोना महामारीका कारण एम्बुलेन्स सेवाको अभाव भएपछि जिपि कोइराला लोकतन्त्र सम्र्वद्धन केन्द्र कैलालीले सुरु गरेको आकस्मिक अटो एम्बुलेन्स सेवा बन्द गरिने भएको हो ।

Navadurga sun

जिल्लामा कोरोनाको संक्रमणदरमा कमी आएको र तत्काललाई अटो एम्बुलेन्स सेवाको आवश्यकता नरहेकाले सेवा बन्द गरिएको जिपि कोइराला लोकतन्त्र सम्र्वद्धन केन्द्र कैलालीका संयोजक जगतराम महराले जानकारी दिए ।

जेठ ५ गते देखि संचालनमा आएको निःशुल्क अभियान बिहीबार बेलुकी सम्म संचालन हुने छ भने समचार तयार पार्दा सम्म ४९ जनाले सेवा लिएको महराले भने अस्पतालहरुमा अक्सिजन लगायतका आवश्यकीय सामग्री पाईरहेको र विरामीहरुको सहज रुपमा उपचार भैरहेकाले तत्काललाई आकस्मिक अटो एम्बुलेन्स सेवा बन्द गरिएको उनले बताए ।

यसअघि विश्वव्यापी विकराल रुप लिदै गरेको कोरोना महामारीमा एम्बुलेन्सको अभावका कारण विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिका क्षेत्र भित्रका बिरामीहरुलाइ लक्षित गरी अटो एम्बुलेन्स सेवा संचालनमा ल्याईएको थियो । उक्त अटो एम्बुलेन्स सेवाले निःशुल्क रुपमा सेवा दिदै आईरहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...