सेती अस्पतालमा कालो ढुसी संक्रमणबाट १ जनाको मृत्यु





धनगढी, २० जेठ- सेती प्रादेशिक अस्पतालका १ जना म्यूकोर्माइकोसिस (कालो ढुसी) को संक्रमितको मृत्यु भएको छ।
जेठ १७ गते देखि अस्पतालमा उपचाररत जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।


उक्त रोगको संक्रमणवाट उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको श्रेष्ठले बताए ।



