गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

Purbadhar dadeldhura

दार्चुला – स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ । यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् ।

तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी गरे ।

Malpot office dadeldhura

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएकोे भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए । “गरिब घरपरिवार सूची पहिलेको स्थानीय सरकारले सङ्कलन गरेर तयार पारेको सूची हामीले सार्वजनीक गरेका हाँै, त्यसमा अनियमिता भएको उजुरी दिए छानबिन गर्छौ”, अध्यक्ष धामीले भने ।

मालिकार्जुन गाउँपालिकाले सार्वजनिक गरेको एक हजार दुई सय १० जना गरिब घरपरिवारको सूचीमा बढीजसो सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समावेश गरिएको छ ।

लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा पनि सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीइको आरोप छ ।

स्थानीय चन्द्र साउदले गरिब घरपरिवारको सूचीमा नाम समावेस भएका सरकारी कर्मचारी र जनप्रतिनिधिले गरिब परिचयपत्र बुझेको दाबी गरे । सार्वजनिक गरेको सूचीअनुसार अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी ३ श्रेणीमा छुट्याइएको छ । रासस

 

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...