धनगढीको एक वडा कार्यालयमा तालाबन्दी

gyan kendra dadel
धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय व्यवस्थापन समितिमा सिफारिसको विषयलाई लिएर स्थानीयहरूले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
Khanepani dadeldhura
ajaymeru gaupalika
धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको बोर्ड बैठकले स्थानीय खप्तडी आधारभूत विद्यालय व्यवस्थापन समितिमा सुवास बस्नेत र सामैला विकलाई सिफारिस गरेको थियो।
udhok dadeldhura
सिफारिस गरिए पनि वडा कार्यालयले सुवास बस्नेतलाई स्थानीय चन्द्रोदय माध्यमिक विद्यालयमा पठाएपछि त्यसको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।
बस्नेतका समर्थकसहित स्थानीयहरूले उपमहानगरपालिको निर्णय वडा कार्यालयले नमानेको भन्दै तालाबन्दी गरिएको बताएका छन्।
Loading...