डोटीमा चार हजारले एसईई परीक्षा दिने, १२ वटा परीक्षा केन्द्र निर्धारण

डोटी- चैत्र १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि डोटीमा एक परीक्षा केन्द्र थप गरिएको छ। एसईइ परीक्षा सञ्चालनका लागि ११ वटा परीक्षा केन्द्र रहेको डोटीमा यस वर्षदेखि सायल गाउँपालिका- ५ मा रहेको ओम आधारभूत विद्यालय सुन्डमा नयाँ परीक्षा केन्द्र थप भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका शाखा अधिकृत रामदत्त भट्टले बताएका छन्।

यसअघि पद्म पब्लिक मुक्ती नारायण मावि सिलगढी, दिल्पेश्वर मावि दिपायल, सुजङ, बोर्डिङ स्कुल राजपुर, रामपुर मावि बुडर, राधाकृष्ण मावि गोपघाट, बर्छैन मावि बर्छैन, दुर्गा मावि लमौते, सरस्वती मावि सानागाउँ, शारदा मावि मौवा, झिमेमालीका मावि वायल, खत्याडी मावि खत्याडी चमराचौतारामा परीक्षा केन्द्र राखिएको थियो।

Navadurga sun

परीक्षामा डोटीबाट ४ हजार ९ जना विद्यार्थी सहभागी हुने छन्। जसमा नियमिततर्फ छात्रा १ हजार ६ सय ५१, छात्र २ हजार १ सय २१ र ग्रेड वृद्धि तर्फ छात्रा ३८ छात्र २४ रहेका छन् भने प्राविधिक तर्फ छात्रा ७० छात्र १ सय ५ जना सहभागी हुने छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...