धामीको भर पर्दा गर्भवतीको मृत्यु

धनगढी- धामीझाँक्रीको उपचारमा भर पर्दा गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो।

बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।

Navadurga sun
Godawari sandesh

त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। यसबीचमा कल्पना बिरामी भएको ३० घण्टा बितिसकेको थियो। कल्पनाको घरबाट छ किलोमिटरजति टाढा अत्तरियामा निजी अस्पताल छ। करिब २० किलोमिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौँ अस्पताल छन्।

कल्पनाले जिब्रो बाहिर ल्याउने, (याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए। कल्पनाका ससुरा प्रेम विकले भने, ‘हामीले यस्तो बिरामी पहिले कहिल्यै देखेका थिएनौँ। त्यसपछि धामीझाँक्रीको भर परेका हौँ।’

Dadeldhura hospital

नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी थिइन् । उनीलाई अस्पताल पु(याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उहाँ ३ गते बिहानै बिमारी भएकी थिइन् ।

कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन। उनको उपचारमा संलग्न डा। खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए ।

उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो। फोक्सो, लिभरलगायतका अङ्गले काम गर्न छाडेका थिए। कल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको थियो। बान्ता गरेको, ज्वरो आएको र बेहोश भएका कल्पनालाई निकै प्रयास गर्दा पनि बचाउन नसकेको डा। भट्ट्ले बताए ।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्योभन्दा अघिल्लो वर्ष २० गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो।

सुदूरपश्चिम प्रदेशभरि साउनदेखि फागुसम्म २१ जना, आव २०७६/७७ मा १९ जना, २०७६/७८ मा २४ जना, २०७८/७९ मा २१ जना गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिए । गोरखापत्रबाट

Loading...