

अत्तरिया- अत्तरियाका व्यवसायीहरु आन्दोलित भएका छन् । शुक्रबार व्यवसायीहरुले गोदावरी नगरपालिका घेराउ गरि आन्दोलनमा उत्रिएका हुन। बजार क्षेत्रमा पसल अगाडि व्यवसायीहरुले निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेपछि व्यवसायीहरुले विरोध गर्दै नगरपालिका घेराउ गरेका हुन ।



अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीहरुले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।


नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निणर्य गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएकाले उक्त काम नरोकिने बताए ।