सुदूरपश्चिम सरकारको प्रवक्तामा जोशी





धनगढी, १९ जेठ- सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले पाएकी छिन् । बुधबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निणर्य गरेको हो ।


जोशीलाई गत शुक्रवार मात्रै मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह थिए भने उनलाई नै प्रवक्ताको जिम्मेवारी थियो । शुक्रवार शाह आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।



