सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बनिन् जोशी

दार्चुला- दार्चुलाको नयाँ सिडिओको रूपमा गृह मन्त्रालयले किरण जोशीलाई पठाएको छ। गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रवार दार्चुला सरुवा गरेर पठाएको हो। जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बन्न सफल भएकी छिन्।

जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नुभएको पहिलो महिला हुन्। बैतडीमा जन्मिएकी जोशी यसअघि डोटीको सहायक सिडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकी छिन्। जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छिन्।

Navadurga sun

उनले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखिसकेकी छिन्। जोशीले हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको बताईन् । निजामती सेवामै रहनुभएका उनले श्रीमान् सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखिसकेकी छिन्। सिद्धराज जोशी यसअघि बैतडी, दार्चुलाको सिडिओ भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...