चौधर पुल मुनि राखिएका छाडा पशु चौपाया बैतडा सारिए

कञ्चनपुर- वेदकोट नगरपालिका कार्यालयमा हुलिएपछि चौधर नदी पुलमा राखिएका छाडा पशु चौपाया बैतडा सारिएका छन् । बैतडास्थित बालज्योति माध्यमिक विद्यालयका ५ बिगाहा जग्गामा बनाएको छाडा पशु चौपाया व्यवस्थापन स्थलमा बिहीबार सबै गाई गोरु सारिएका छन् ।

बिहीबार विहानदेखि मध्यान्हसम्म सात सय बढी गाई गोरु बैतडा लगिएका छन् । ती गाई गोरुलाई झण्डै तीन महिना अघि कार्यालय नजिक चौधर पुलको खाली स्थानमा अस्थायी रुपमा राखिएका छन् । नगरपालिकाले त्यस अघि नै बैतडामा विद्यालयसित सम्झौता गरी चौपाया व्यवस्थापनको कार्य अघि बढाएको थियो ।

Navadurga sun

बैतडामा छाडा पशु चौपायाका लागि पाँच बिगाहा जग्गामा तारबार गरिएको छ । तारबारभित्र चौपायका लागि टहरा बनाउने कार्य थालिएको छ । टहराका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर संकलन गरी राखिएको छ । वेदकोट नगरकापालिकाका मेयर भोजराज बोहराले छाडा पशु चौपायको दिर्घकालिन व्यवस्थापनको लक्ष्य राखेर बैतडामा राखिएको बताए । ‘छाडा पशु चौपायाको समस्या दैनिक रुपमा बढ्दो छ, त्यस कारण दिर्घकालिन व्यवस्थापन हुने गरी बैतोडामा व्यवस्थापन अघि बढाएका छौ ।’ स्थानीय तह निर्वाचनपछि मेयर बोहराले उप मेयर तुलसी जोशीको नेतृत्वमा कार्यदल गठन गरी चौपाया व्यवस्थापन अघि बढाएका हुन् ।

उप मेयर नेतृत्वको कार्यदलले बैतडामा व्यवस्थापन कार्य अघि बढाएपछि स्थानीयले चौपायालाई कार्यालयभित्र हुलि दिएका थिए । बैतडामा चौपाया व्यवस्थापनको सबै जिम्मेवारी वडा नं. ४ लाई दिइएको छ । बिहीबार मेयर बोहरा, उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी सबै चौपायालाई बैतोडा लैजाने कार्यमा सहभागी भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...