सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै टुङ्गो छैन

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो ।

Dadeldhura hospital

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा छन् ।

 

Loading...