

धनगढी- कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ। शुक्रवार बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको हो ।



हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भै आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।


उनका अनुसार आगलागी हुँदा दुई लाख बढीको क्षति भएको जनाएका छन् । आगलागी घटना भए लगत्तै स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।