

काठमाडौं – उपराष्ट्रपतिका उम्मेदवार राम सहाय यादवले मतदान गरेका छन्। बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा यादवले मतदान गरेका हुन्। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।



यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।


बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।