कञ्चनपुरमा एक जना महिला मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना महिला मृत फेला परेकी छन्। जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा एक जना महिला घर नजिकै मृत फेला परेकी हुन्। ती महिला बासको झाडी नजिक झुन्डिएको अवस्थामा फेला परेकी छन्।

Dadeldhura hospital

बेलौरी नगरपालिका–८ कलकत्ताकी करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बास झाडी नजिक झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। बिहान परिवारका सदस्यले चौधरीलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीपचन्द्र शाहले महिला मृत अवस्थामा फेला परेकाले मुचुल्का तयार गरेर अनुसन्धानपछि मात्र वास्तविकता भन्न सकिने बताए। स्थानीयले आत्महत्या नभएर हत्या भएको हुनसक्ने भन्दै शङ्का गरेका छन्।

 

Loading...