

काठमाडौं- राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।



पार्टी अध्यक्ष चित्रबहादुर केसीका अनुसार उपनिर्वाचनको प्रचारप्रसार तथा निर्वाचन व्यवस्थित बनाउन महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको छ।


गत मंसिर ४ को चुनावमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकताको विषयमा मुद्दा परेपछि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि यहाँ उपनिर्वाचन मिति तोकिएको थियो।