संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाको निर्णय

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो।

Dadeldhura hospital

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको ५ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’

Navadurga sun
Godawari sandesh

यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने जनमोर्चाले जनाएको छ। चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ।

२०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए। आउँदो असोजमा एक महिना सदस्यता वितरण अभियान चलाउने पनि तयारी छ।

Loading...