सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित भएका छन्। एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार दलको उपनेतामा नियुक्त गरेका हुन्। नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सांसद हुन्।

Dadeldhura hospital

नेम्वाङले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पनि एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाएका थिए। नेम्वाङ गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनाइएका थिए। तर, उनी कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुन पुगे।

Navadurga sun
Godawari sandesh

Subas_Nemwang_Letter1678699458.jpg

Loading...