

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन्।



सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन्।


उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
निर्वाचित भएपछि सोमबार उनले पदभार सम्हालेका हुन्।





