प्रमिला कुमारीले फिर्ता लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी

Dadeldhura hospital

काठमाडौं– आसन्न उपरराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उपपराष्ट्रपतिमा जसपाकै रामसाहय प्रसाद यादवको उम्मेदवारीलाई समर्थन गर्दै कुमारीले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेकी छन्।  कुमारीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूले रामसहाय प्रसाद यादवलाई आफ्नो समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेकी छन्।

चैत्र ३ मा हुने उपपराष्ट्रपति निर्वाचनमा यादवसहित एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धी छन्।   यादवलाई सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी सहितको समर्थन छ भने झालाई लोसपा, नागरिक उन्मुक्तिको समर्थन छ।

Pramila_Kumari_release1678690166.jpg

 

Loading...