सुदूरपश्चिममा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० पुग्यो




अत्तरिया, १८ जेठ- सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोनाबाट सुदूरपश्चिममा ५ सय जनाको मृत्यु भएको हो ।


सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका ९ वटै जिल्लामा गरी उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो ।



गएको वैशाख महिनामा २ सय ५९ जनाको मृत्यु भएको थियो । वैशाखभन्दा अघि प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो। वैशाख मसान्तसम्म तीन सय १७ जनाको मृत्यु भएकोमा जेठको १७ दिनमा १८३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन । स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ ।
बैशाख महिनामा सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । तर पछिल्लो समयमा अक्सिजनको व्यवस्था सहज हुन थालेपछि मृत्यु हुनेको संख्यामा समेत कमि हुदैं गएको हो ।



