धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

विराटनगर- मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । बेलबारी-१ नक्सालबारीका ५७ वर्षका हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।

Dadeldhura hospital

बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । देवकीको टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुट्टै विराटचोकमा बस्ने गरेकी छिन्। हेमकर्ण र देवीको बेलबारीमै मासु पसलसमेत रहेको छ । मासु काट्ने दाउले काटेको हुन सक्ने प्रहरीको अनुमान छ। श्रीमतीको हत्या गरी उनी फरार भएका प्रहरीले जनाएको छ।

 

Loading...