


काठमाडौं- सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आजै प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।


यस्तै, मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ।

