जिउदै जलाइएकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगियो




डोटी, १७ जेठ- डोटीमा शनिवार राती जिउदै जलाइएकी महिलालाई उपचारका लागि काठमाडौँ लगिएको छ । आदर्श गाउँपालिका वडा नं. ४ रोडिङ्गे गाउँकी २८ वर्षीय लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको थियो ।



बिभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आईतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले शनिवार राती करिब १२ः३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।


प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको र अनुसन्धान गरीरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।



